जनता टाइम्स

२७ बैशाख २०८०, बुधबार १०:४५

भाग्ने तयारी थिए पूर्वगृहमन्त्री खाण, गोप्य सूचनालगत्तै बिहानै निवास पुगेर प्रहरीले गर्यो पक्राउ


काठमाडौं, बैशाख २७ । नक्कली शरणार्थी प्रकरणमा श्रीमती मञ्जसमेत गरी साढे ६ करोड लिएको आरोप लागेका पूर्वगृहमन्त्री बालकृष्ण खाण भाग्ने तयारी गर्दागर्दै समातिनु भएको छ । उहाँलाई फरार हुन लागेको सूचनालगत्तै प्रहरीले आज विहान निवासबाटै समातेको हो ।

कांग्रेस नेतासमेत रहनुभएका खाणले मङ्गलवारदेखि नै मोबाइल स्चि अफ गर्नुभएको थियो । दुई दिनअघि प्रहरीमा बोलाएको वेला उपस्थित हुने कागज गरेर फर्किनुभएका खाणले मङ्गलवारबाट मोबाइल अफ गरेपछि प्रहरी पक्राउ गर्नैपर्ने दवावमा रहेको थियो ।

नक्कली भुटान शरणार्थी प्रकरणमा सवैभन्दा मुख्य दोषी खाण नै रहेको गिरोहको सदस्य र तात्कालिन गृहसचिव टेकनारायण पाण्डेको बयानले देखाएको बेला खाण भागेमा अनुसन्धान मात्रैनभई प्रहरीमाथि नै गम्भीर प्रश्न उठने अवस्था रहेकोले प्रमाणका आधारमा पक्राउ गरिएको हो ।

पूर्वउपप्रधानमन्त्री एवम एमाले सचिव टोपबहादुर रायमाझी मोवाईल स्विच अफ गरेर फरार भएपछि चनाखो भएको प्रहरीले खाणलाई भने भाग्ने मौका नदिइ पक्राउ गरेको हो ।