जनता टाइम्स

२ जेष्ठ २०८०, मंगलवार २१:४८

अपराधमा संलग्न व्यक्तिको भारी पार्टीले बोक्न सक्दैनः गगन थापा


काठमाडौं, २ जेठ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अपराधमा संलग्न भएका व्यक्तिको भारी पार्टीले बोक्न नसक्ने बताउनुभएको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका व्यक्तिको जिम्मा पार्टीले लिन नसक्ने भन्दै महामन्त्री थापाले उक्त विषय व्यक्तिगत भएको स्पष्ट गर्नुभएको हो।महामन्त्री थापाले मंगलबार साँझ सामाजिक सञ्जालमा लेख्नुभएको छ,’नक्कली भुटानी शरणार्थी प्रकरणमा पार्टीका केन्द्रीय तहदेखि विभिन्न जिम्मेवारीमा रहेका व्यक्तिहरू संलग्न रहेको आरोपमा पक्राउ परिसकेपछि अब यो पक्राउ परेका व्यक्तिको निजी विषय हो।पार्टीमा क्रियाशील कुनै व्यक्ति भ्रष्टाचार वा अपराधमा संलग्न हुन सक्छ। तर, थाहा भएको दिन पार्टीले त्यसको भारी बोक्न सक्दैन, बोक्नु हुँदैन।’नक्कली शरणार्थी प्रकरणमा कांग्रेस नेता बालकृष्ण खाण पक्राउ परेका छन्। साथै नेत्री आरजु राणा देउवा र मञ्जु खाणको नाम पनि यस प्रकरणमा जोडिएको छ।

यस्तो छ महामन्त्री थापाको भनाइः