जनता टाइम्स

५ जेष्ठ २०८०, शुक्रबार १९:०४

मुलुकले भोगेको समस्या समाधान गर्ने कुनै नीति छैन, ज्यान भएको तर जीवन नभएको जस्तो आजको कार्यक्रम : योगेश भट्टराई


काठमाडौं, ५ वैशाख । नेकपा एमाले सचिव योगेशकुमार भट्टराईले सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम ज्यान भएको, जीवन नभएको जस्तो रहेको टिप्पणी गर्नुभएको छ । सरकारले प्रस्तुत गरेको नीति कार्यक्रमपछि प्रतिक्रिया दिँदै सांसद भट्टराईले उक्त कुरा बताउनुभएको हो ।

‘यो नीति तथा कार्यक्रम ज्यान भएको, जीवन नभएको छ । प्राण नभएको छ । कुनै सपना छैन । आजको तमाम मुलुकले भोगेको समस्या समाधान गर्ने कुनै नीति छैन,’ सांसद भट्टराईले भन्नुभयो ।