जनता टाइम्स

१५ जेष्ठ २०८०, सोमबार १७:१६

टिकटकर आयुष जोडीको प्रेम हेर्न लाइभमा सवा २ लाख दर्शक


काठमाडौं, १५ जेठ । सामाजिक सञ्जाल टिकटकमा भाइरल जोडीको लाइभ हेर्न २ लाख दर्शकहरु झुम्मिएका छन् । नेपाली टिकटकर आयुष सिंह ठकुरी र पाक्स्तिानको अलिजेह जमालीको लाइभ हेर्न २ लाख दर्शक झुम्मिएका हुन् । नेपालका आयुष र पाकिस्तानकी जमाली टिकटक लाइभबाट जोडिएका प्रेमी प्रमिका हुन् ।

युनाईटेड अरब ईमिरेट्स दुबईमा बस्दै आएकी जमाली आफ्नो अनुहार बुर्काले छोपेर लाइभमा आउने गर्छिन् । जमालीले अनुहार देखाएको भिडिओ भने टिकटकमा राखिएको छैन । नेपालमा बुर्का भनिने इस्लाम धर्मावलम्बीको धार्मिक वस्त्र, महिलाले लगाउने कपडामा मात्रै देख्न सकिन्छ । टिकटकमा जमालीको १५ लाखभन्दा बढी फलोअर छन् ।

करिब ८ लाख फलोअर्स भएका नेपाली आयुष टिकटक लाइभमा बसेर अत्यधिक डलर कमाउने टिकटकर हुन् । आयुषको प्रमुख पेशा नै टिकटक लाइभ देखिन्छ । आयुषको लाइभमा अडियन्सको कहिल्यै कमी हुँदैनन् । टिकटक लाइभमा एक–अर्कासँग फ्लर्ट गर्दागर्दै आयुष र जमालीको लभ परेको थियो । दुबै जनाले एकअर्कालाई माया गरेरै अहिले नेपालमा जमाली आएकी हुन् ।

धेरैको सोचाईमा अब उनिहरु विवाहसमेत गर्छन् भन्ने छ तर साँच्चै परेको हो वा अभिनय गरिरहेका हुन् उनीहरू नै जानुन् । तर, आयुषलाई भेट्नकै लागि जमाली दुबईबाट नेपाल आएकी छन् । टिकटकमा आएर आयुषले जमालीलाई रिङ (औंठी) लगाईदिँदै आइ लभ यु टु भनेका छन् । उक्त भिडियो पनि अहिले भाइरल भएको छ । त्यस्तै अन्य भिडियोहरु पनि दुबै जनाको भाइरल भएको छ ।

३ जना बडीगार्डसहित देखिएको एयरपोर्टमा जमालीलाई स्वागत गर्न आयुष गुच्छा बोकेर पुगेको भिडियो पनि भाइरल छ । जमाली नेपाल आएपश्चात् हिजो यो जोडी एउटै फ्रेममा लाइभ आएका हुन् । दुबै सँगै बसेर प्रेम गरेको हेर्न दर्शकहरू ओइरिएका हुन् । उनिहरुको लाइभमा एक पटकमा सवा दुईलाखसम्मले हेरेका थिए । उक्त टिकटकमा गिफ्ट दिनेको पनि बाढी नै थियो । आयुषको परिवारले पनि जमालीलाई बुहारीको रूपमा स्वीकार गरेको भिडियोमा प्रष्ट देखिन्छ ।