काठमाडौं, १५ जेठ । सरकारले सार्वजनिक खर्च कटौतीका लागि देशको प्रतिनिधिका लागि अनिवार्यबाहेकका वैदेशिक भ्रमणमा रोक लगाउने भएको छ । ‘देशको प्रतिनिधिको अनिवार्यबाहेकका वैदेशिक भ्रमण रोक्ने नीति लिइएको छ,’ उहाँले भन्नुभयो ।
आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री डा. प्रकाशरण महतले बजेटमार्फत आज सरकारको नीति संसद्मा प्रस्तुत गर्नुभएको हो ।
त्यस्तै विभिन्न सरकारी निकायमा रहेका पुराना तथा प्रयोगविहीन अवस्थामा रहेका गाडीलाई ६ महिनाभित्रमै लिलामी गर्ने भएको छ । डा. महतले सरकारी निकायमा रहेका पुराना र प्रयोगविहीन सवारीसाधनलगायतका सामानहरू ६ महिनाभित्रमा लिलाम गरिने जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्