काठमाडौं, जेठ १८ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भारत जानुभएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारत प्रस्थान गरेकै दिन राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछाने पनि जहाजबाट भारतको मुम्बईतिर हानिनु भएको हो ।
रास्वपा प्रवक्ता समेत रहेका महामन्त्री डा। मुकुल ढकालले दिएको जानकारी अनुसार सभापति लामिछाने पत्नी निकिता पौडेलसहित व्यक्तिगत कामले भारतको मुम्बई जानुभएको हो ।
पूर्वगृहमन्त्रीसमेत रहेका रविले भारत जानुअघि संसदीय दलमा कार्यवाहक नेताको जिम्मेवारी विराजभक्त श्रेष्ठलाई दिनुभएको छ ।













प्रतिक्रिया दिनुहोस्