जनता टाइम्स

१९ जेष्ठ २०८०, शुक्रबार २०:३३

१३ जना नेता एमाले केन्द्रीय सदस्यमा मनोनित (नामावली सहित)


काठमाडौं, १९ जेठ । नेकपा एमालेले विभिन्न पार्टीबाट समाहित हुनुभएको १३ जना नेतालाई केन्द्रीय सदस्यमा मनोनित गरेको छ । आज केन्द्रीय सचिवालयको बसेको बैठकले नेकपा एकीकृत समाजवादीबाट प्रवेश गर्नुभएको मुकुन्द न्यौपानेसहित १३ जनालाई केन्द्रीय सदस्य मनोनीत गरेको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिनुभयो ।

को-को परे मनोनत ?

१. मुकुन्द न्यौपाने, भोजपुर

२. प्रेमबहादुर सिंह, कालिकोट

३. भागवत विश्वासी, दाङ

४. चुणामणि जंगली, कास्की

५. हेमराज राई, भोजपुर

६. ठम्मर विष्ट, सुर्खेत

७. अजय गुप्ता, रौतहट

८. एकवाल मिया, बारा

९. गणेश खनाल, गुल्मी

१०. प्रेम तामाङ, रसुवा

११. यमबहादुर परियार, चितवन

१२. सुरेन्द्र मानन्धर, काठमाडौं

१३. उमाशंकर अरगरिया, धनुषा