काठमाडौं, २२ जेठ । प्रतिनिधिसभा बैठकमा प्रतिपक्षी दलले विरोध जनाएका छन् । बैठक सुरु भएसँगै एमालेसहित प्रतिपक्षी दलका सांसदहरु उठेर विरोध जनाएका हुन् । यसपछि सभामुख देवराज घिमिरेले एमालेका सांसद योगेश भट्टराईलाई बोल्न समय दिनुभयो ।
अहिले सांसद भट्टराईले बोलिरहनुभएको छ । हालै प्रमाणीकरण गरेको नागरिकता विधेयकले वास्तविक नेपालीले भन्दा बाहिरकाले नागरिकता पाउने गरी ल्याएको उहाँको भनाइ छ ।













प्रतिक्रिया दिनुहोस्