जनता टाइम्स

२४ जेष्ठ २०८०, बुधबार १५:४९

पूर्वराज्यमन्त्री महेश चौधरीको निधन


दाङ, २४ जेठ । पूर्वराज्यमन्त्री महेश चौधरीको आज निधन भएको छ ।

हर्नियाबाट पीडित चौधरीको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा आज दिउँसो निधन भएको हो ।

एमालेका नेतासमेत रहेका उनी २०४८ सालमा राष्ट्रियसभा सदस्य र २०५४ सालमा स्थानीय विकास राज्यमन्त्री बनेका थिए ।