काठमाडाैं, जेठ २५ । नेकपा एमालेका पाेलिटब्युराे सदस्य महेश बस्नेतले पार्टीलाई बलियाे राष्ट्रिय शक्ति बनाइने बताउनु भएकाे छ । बिहीबार एमाले युवा फाँट प्रमुखकाे भूमिका औपचारिक रुपमा पुन: सम्हाल्दै नेता बस्नेतले आगामी चुनावमा एमालेलाई एकल बहुमत प्राप्त शक्ति बनाउने उद्देश्यले पार्टीमा कार्यविभाजन भएकाे बताउनुभयाे ।
‘अहिलेकाे याे कार्यविभाजनले आउँदाे निर्वाचनमा हाम्राे पार्टीलाई बहुमत दिलाउने कुरामा अगाडि बढाउने यसकाे मुख्य लक्ष्य हाे,’ उहाँले भन्नुभयाे ।बलियो राष्ट्रिय शक्तिको निर्माणबाट मात्रै राजनीतिक स्थायित्व प्राप्त गर्न सकिने भन्दै नेता बस्नेतले त्यस्ताे शक्ति एमालेले मात्रै निर्माण गर्न सक्ने बताउनुभयाे ।
पार्टीमा भएकाे कार्यविभाजनका सकारात्मक पक्ष धेरै रहेका बताउँदै उहाँले भन्नुभयाे, ‘पार्टीले आफ्नाे कमिटीका सबै सदस्यकाे जिम्मेवारी फेरबदल गरेकाे छ, हामीभित्र रहेका संगठनात्मक अराजकता र दक्षिणपन्थी प्रवृतिलाई अन्त्य गर्ने कुरा कार्यविभाजनमा पार्टीले ध्यान दिएकाे छ, सम्बन्धित साथीहरुकाे स्वार्थ नबाझिने गरी कार्यविभाजन भएकाे छ, सबै कमिटीकाे सहइञ्चार्जकाे जिम्मेवारी हटेकाे छ ।
समृद्ध नेपाल सुखी नेपालीकाे परिकल्पना एमाले अध्यक्ष केपी शर्मा ओलीले गर्नुभएकाे भन्दै उहाँले एमालेकाे गन्तव्य पनि यही रहेकाे बताउनुभयाे एमालेले सरकार छाडेपछि याे विषय अरु कुनै सरकारकाे विषय नबनेकाे र सरकारका कुनै कार्यक्रममा नपरेकाे नेता बस्नेतले बताउनुभयाे ।
एमाले विरुद्धकाे घेराबन्दी विगतका चुनावमा पूरै ताेड्न नसकिएकाे भन्दै उहाँले आजकाे चुनाैतीलाई सामना गर्नका लागि पार्टीले स्पष्ट दिशानिर्देश गरेकाे बताउनुभयाे । समृद्ध नेपाल सुखी नेपालीकाे अभियान पूरा गर्ने संकल्प एउटा बलियाे पार्टीले गर्न सक्ने र त्यसकाे नेतृत्व क्षमतावान नेताले गर्न सक्ने एमालेकाे निष्कर्ष रहेकाे नेता बस्नेतले बताउनुभयाे ।
‘एमाले मात्रै यस्ताे शक्ति हाे जसले आफूलाई राष्ट्रिय शक्तिमा विकास गर्न सक्छ, जसले आउँदाे निर्वाचनमा बहुमत ल्याउने पार्टीकाे रुपमा स्थापित गर्न सक्छ, यसले बाेकेकाे नीति, सिद्धान्त, विचार र कार्यक्रम, यसले उत्पादन गरेका नेताहरुकाे पंक्ति तुलनात्मक रुपमा अन्य नेताकाे तुलनामा क्षमतावान, याेग्य र स्वच्छ छन्’- उहाँले भन्नुभयाे ।
एमालेका आम कार्यकर्ता पंक्तिमा राष्ट्रियताकाे भावना मजबुत रहेकाे र देशभक्तिकाे भावना रहेकाे बताउँदै नेता बस्नेतले भन्नुभयाे – ‘अहिलेकाे याे कार्यविभाजनले आउँदाे निर्वाचनमा हाम्राे पार्टीलाई बहुमत दिलाउने कुरामा अगाडि बढाउने यसकाे मुख्य लक्ष्य हाे ।’
यसका लागि युवा संघले पार्टीले दिएकाे जिम्मेवारी दृढतासाथ पूरा गर्नुपर्ने बताउनुभयाे । युवा संघले युवाहरुलाई पार्टीकाे सदस्यता दिने कुरालाई प्राथमिकता दिँदै असारसम्म कम्तिमा १ लाख युवालाई सदस्यलाई सदस्यता दिनेगरी अगाडि बढ्न युवा संघलाई निर्देशन दिनुभयाे ।













प्रतिक्रिया दिनुहोस्