जनता टाइम्स

२७ जेष्ठ २०८०, शनिबार १७:५२

मिटर ब्याँज पीडितसँग गृहमन्त्रीले भने, ‘प्रहरीले दुःख दिएको छ, मलाई भन्नुहोस्’


महोत्तरी, २६ जेठ । मन्त्री वनेर झण्डा हल्लाउने मात्रका कारण काम नभएको उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले बताउनुभएको छ । पद भनेको जिम्मेवारी मात्र भएको र उक्त जिम्मेवारीमा इमान्दारिताका साथ नलाग्दा जन्ताको काम नभएको गृहमन्त्री श्रेष्ठको तर्क छ । महोत्तरीको रामगोपालपुरमा नवनिर्मित वडा भवनको उदघाटन गर्दै गृहमन्त्री श्रेष्ठले जन्ताको समस्यामा नेता समेत इमान्दारी नभएको आरोप लगाउनुभयो ।

कुरा गर्ने दिनको अन्त्य भएको वताउदै जन्तालाइ जनप्रतिनिध र नेताहरुले काम गरेर नतिजा देखाउने समय आएकोप्रती सजग गराउनुभयो । मिटरव्याज पिडितहरुको समस्यालाई सरकारले प्रमुखताका साथ लिइरहेको बताउँदै गृहमन्त्री श्रेष्ठले भन्नुभयो,‘काइते कुरा गरेर कुनैपनी प्रहरिले पिडितलाई थप पिडा दिएको छ भने हामीलाई उजुरी दिनुस हामी कारवाही गर्न तयार छौ ।’

मिटरव्याज पिडितको लागी जनप्रतिनिधिहरुले एजेन्डा वनाउन नसकेकोप्रती पनि गृहमन्त्री श्रेष्ठले गुनासो गर्नुभयो । गृहमन्त्री श्रेष्ठले मधेशमा आउदा राष्ट्रिय एकताको झल्को आउने गरेको पनि अनुभव सुनाउनुभयो । उहाँले थप्नुभयो,‘मधेशका श्रमिकहरुले जहिलेपनी राष्ट्रिय स्वाधिन्ता र राष्ट्रिय एकताको लागी आवाज उठाउने गर्दछन् ।’