काठमाडौं, ३० जेठ । पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव मिलनकुमार थापाले जलहरी प्रकरणबारे अनियमितताको भएको पुष्टि गर्न चुनौती दिनुभएको छ । सिंहदरबारमा आज बसेको राष्ट्रिय सभाअन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा पशुपतिनाथ मन्दिरमा राखेको जलहरीमा १० किलो सुन गायब भएको विषयमा उहाँले अनियमितताको भएको प्रमाणीत गरेर आफूलाई फाँसी दिन भन्दै अन्यथा आफ्नो बद्नाम नगरिदिन आग्रह गर्नुभयो ।
बैठकमा भावुक भनेका उनले कि सुन चोरी भएको प्रमाणीत गर्नुपर्यो होइन भने बद्नाम नगर्न आग्रह गर्नुभएको हो ।
आफूलाई राज्यले कमजोर बनाएको बताउँदै सदस्यसचिव थापाले सुन चोरीको गलत आरोपले आफ्ना दुईवटा बच्चाले पर्ने नकारात्मक असरबारे ध्यान दिनुपर्ने बताउनुभयो । वास्तविकता र तथ्यहीन समाचारले पारिवारिक रुपमा पार्ने असरबारे जानकारी गराउँदै उहाँले भन्नुभयो, ‘सुन चोरेको हो भने प्रमाणित गरेर कालकोठरीमा जाकियोस् हैन भने आफूलाई बदनाम नगरियोस् ।’














प्रतिक्रिया दिनुहोस्