जनता टाइम्स

३० जेष्ठ २०८०, मंगलवार १५:५९

राष्ट्रपति रामचन्द्र पौडेललाई हृदयघात, गंगालाल अस्पतालमा गरियो एन्जिओग्राम


काठमाडौं, ३० जेठ । राष्ट्रपति रामचन्द्र पौडेललाई हृदयघात भएको छ । आज बिहान एक्कासी मुटुमा समस्या देखिएपछि पौडेललाई शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा भर्ना गरिएको छ । अहिले उहाँको एन्जिओग्राम गरिएको छ ।

छाति दुख्ने समस्या देखिएपछि आज बिहान ७ बजे गंगलाल हृदय रोग केन्द्रमा उपचारका लागि पुग्नुभएको राष्ट्रपति पौडेलको एन्जियोग्राम गरिएको हो ।

उहाँलाई २४ घण्टा चिकित्सकको निगरानीमा राखिने भएको छ । राष्ट्रपति पौडेलको उपचारमा अस्पतालका निर्देशक डा. चन्द्रमणि अधिकारीसहितको टोली खटिएको छ । स्रोतका अनुसार अहिले राष्ट्रपति पौडेललाई उपचारपछि भीआइपी कक्षमा राखिएको छ ।