पोखरा, असार २ । नेकपा एमालेका सचिव गोकर्ण विष्टले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार लामो समय चल्नु देशका लागि राम्रो नहुने बताउनु भएको छ ।
प्रेस चौतारी नेपाल गण्डकी प्रदेश समितिले आज पोखरामा आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै एमालेका गण्डकी प्रदेश इञ्चार्जसमेत रहनुभएका सचिव विष्टले यस्तो बताउनु भएको हो । उहाँले यो सरकार आफ्नै खुट्टामा नउभिएकाले लामो समय चल्नु देशका लागि राम्रो नहुने तर्क गर्नुभयो ।
‘यो सरकार आफ्नै खुट्टामा उभिएको छैन । यो सरकारको नीति, कार्यक्रम, बजेट, कार्यशैली र यसले जनतालाई दिइरहेको सेवालाई हेर्ने हो भने यो सरकार लामो समय चल्न हुँदैन,’ बिष्टले भन्नुभयो, ‘यो सरकार जति लामो समय चल्छ । त्यतिनै देशको अधोगति हुन्छ, त्यतिनै देशको प्रगति रोकिन्छ । त्यसकारण यो सरकार लामो समय चल्नु हुँदैन ।’
उहाँले एमाले समाजवादी मोर्चा बनाउने सन्र्दभका केही नसोचेको जानकारी पनि दिनुभयो । ‘विभिन्न पार्टीहरुले मोर्चा बनाउन लागेको समाचार आइराखेका छन, उहाँहरुको कुरा हो । नेकपा एमाले पार्टीलाई सदृढ बनाउँछ, थप मजबुद बनाउँछ । कमी कमजोरीलाई सच्याउँदै आम जनताको मन जितेर एमाले अगाडि बढ्छ,’ बिष्टले भन्नुभयो ।













प्रतिक्रिया दिनुहोस्