सिन्धुपाल्चोक, असार २ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मेलम्चीदेखि अम्बाथानसम्मको बाटोलाई दीर्घकालीन रूपमा सञ्चालन गर्नेगरी निर्माण गर्ने प्रतिबद्धता जनाउनु भएको छ ।
शनिबार बिहान मेलम्ची खानेपानी परियोजनाको बाँध क्षेत्र निरोक्षणका लागि अम्वाथान आइपुगेका प्रधानमन्त्री दाहाललेले अहिले अस्थायी रूपमा प्रयोग भइरहेको बाटोलाई बाह्रै महिना सञ्चालन हुनेगरी निर्माणका लागि पहल गर्ने बताउनु भयो ।
‘यती ठूला परियोजनामा आउने बाटोको दुरावस्था रहेछ। मैले प्रत्यक्ष अनुभव गरेँ,’ प्रधानमन्त्री दाहालले भन्नुभयो, ‘यसलाई बाह्रै महिना सञ्चालन गर्ने गरी निर्माणका लागि पहल गर्छु।’
उहाँले याङ्ग्री र लार्के खानेपानी परियोजना निर्माणका लागि पनि पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । दुई वर्षअघि भ्रेमाथाङको भेलबाढीका कारण परियोजनाको मुख्य बाँध क्षेत्र सुरुङ र तटीय क्षेत्र तहसनहस पारेको थियो।
बाढी प्रभावितको समस्या समाधानका लागि प्रधानमन्त्री प्रचण्डलाई हेलम्बु गाउँपालिकाले ज्ञापन पत्र बुझाएको थियो। ज्ञापन पत्र बुझ्दै प्रधानमन्त्री प्रचण्डले बाढी प्रभावितहरूको समस्या समाधान गर्न आफू प्रतिबद्ध रहेको बताउनु भयो ।













प्रतिक्रिया दिनुहोस्