जनता टाइम्स

३ असार २०८०, आईतवार १५:२१

एमाले मुख्यालय च्यासलमा बामदेव, अध्यक्ष ओलीसँग भेट


काठमाडौं, असार ३ । नेकपा एमालेका पूर्वबरिष्ठ उपाध्यक्ष लामो समयपछि एमाले मुख्यालय च्यासल पुग्नुभएको छ । पार्टीका कायम रहेको ७० बर्षे उमेर हद हटेपछि गौतम आज अध्यक्ष केपी शर्मा ओलीसँग भेट्नका लागि च्यासल पुग्नुभएको हो ।

बिधानको उमेर हदमै असहमति जनाएर गौतम एमालेबाट राजीनामा दिएर नेकपा एकता अभियानको संयोजक बन्नुभएको थियो । तर एमालेले ७० बर्षे प्रावधान हटाएको घोषणा अध्यक्ष ओलीले नै शनिवार गर्नुभएपछि गौतम आज उहाासँग भेटेर प्रश्ट हुन मुख्यालय पुग्नुभएको हो ।

अहिले ओली र गौतमबीच भेटवार्ता जारी छ । एमालेले ७० वर्षे उमेर हद हटाएपछि गौतमको एमालेमा फर्किने बाटो खुला भएको छ । अध्यक्ष ओलीले आफूलाई बोलाए एमालेमा फर्किन तयार रहेको गौतमले बताउनु भएको थियो भने अध्यक्ष ओलीले गौतमको सदस्यता एमालेमै रहेको बताउनु भएको थियो ।

भेटमा एमाले उपाध्यक्ष बिष्णु पौडेल, उपमहासचिव प्रदीप ज्ञवालीसहितका नेताहरु सहभागी हुनुभएको छ ।