काठमाडौं, असार ३ । आईसीसी क्रिकेट विश्वकपको ग्लोबल छनोटअन्तर्गत जिम्बाब्वेविरुद्ध विस्फोटक ब्याटिङ गरिरहेका नेपाली ओपनर कुशल भुर्तेल ९९ रन बनाएर आउट भएका छन ।
हरारे स्पोर्ट्स क्लबमा टस हारेर ब्याटिङ थालेको नेपालका लागि ओपनिङमा उत्रिएका कुशलले ९५ बलमा १३ चौका र दुई छक्कासहित ९९ रन बनाएर वेलिङ्टन मसाकाजादाको बलमा बोल्ड हुँदा एकदिवसीय अन्तर्राष्ट्रियमा करिअरको दोस्रो शतक बनाउन एक रनले चुके।
नेपालको इनिङको शानदार सुरुआत गरेका कुशल र आसिफ शेखले एकदिवसीय अन्तर्राष्ट्रियमा सर्वाधिक ठूलो साझेदारीको कीर्तिमान बनाइसकेका छन्।
यसअघि ज्ञानेन्द्र मल्ल र आसिफले बनाएको एक सय ३९ रनको साझेदारीको कीर्तिमान तोडेर एक सय ७१ रनको नयाँ रेकर्ड बनाएका छन्।













प्रतिक्रिया दिनुहोस्