सुर्खेत, असार ४ । नेकपा एमाले कर्णाली प्रदेशको प्रथम अधिवेशन आगामी भदौ २९ र ३० गते सुर्खेतमा हुनेभएको छ । आज बसेको कर्णाली प्रदेश समितिको बैठकले यस्तो निर्णय गरेको हो ।
नेकपा एमालेको हालै सम्पन्न केन्द्रीय सचिवालय बैठकले भदौभित्र प्रदेश समितिको अधिवेशन गरिसक्नु पर्ने निर्णयसहित अन्तर पार्टी निर्देशन जारी गरेको छ । एमालेले प्रदेश संगठन कमिटीका पदाधिकारी र सदस्यहरु समेत सम्बन्धित भुगोलबाट प्रतिनिधि चुनिएर आउनुपर्ने मापदण्डसमेत तोकेको छ ।
एमाले केन्द्रीय सदस्य बिष्णु रिजालका अनुसार २०८० भदौ २९ र ३० मा सुर्खेतमा आयोजना गर्ने निर्णय आज सम्पन्न प्रदेश कमिटीको बैठकले गरेको छ ।















प्रतिक्रिया दिनुहोस्