जनता टाइम्स

४ असार २०८०, सोमबार २०:०३

एमाले मुख्यालयमा चिनियाँ राजदूत, अध्यक्ष ओलीसँग भेट


काठमाडौं, असार ४ । नेपालका लागि चिनियाँ राजदूत छेन छोङले पूर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग शिष्टाचार भेट गर्नुभएको छ ।

अध्यक्ष ओली र राजदूत छोङबीच आज भेट भएको हो । ओलीको सचिवालयले विज्ञप्ति जारी गर्दै दुई नेताबीच भएको भेटमा समसामयीक राजनीतिक विषयमा छलफल भएको उल्लेख छ ।

अध्यक्ष ओली र चिनियाँ राजदूत छोङसँगको भेटबार्तामा एमाले उपमहासचिव बिष्णु रिमाल र बिदेश बिभाग सचिव डा. अञ्जान शाक्य पनि उपस्थिति हुनुहुन्थ्यो ।