जनता टाइम्स

५ असार २०८०, मंगलवार २०:०७

आक्रामक प्रचार योजना बनाउँदै एमाले, जनसंगठनसँगको बैठकबाट लियो बोल्ड निर्णय


काठमाडौं, असार ५ । नेकपा एमालेले बदलिएको अवस्थाअनुसार प्रचारको काम अघि बढाउने निर्णयसहित आक्रामक योजना बनाउने कामलाई अन्तिम रुप दिएको छ ।

एमाले केन्द्रीय प्रचार तथा प्रकाशन बिभागका प्रमुख राजेन्द्र गौतमले सामाजिक सञ्जालदेखि बैचारिक पुस्तक प्रकाशनसम्मका काम गर्ने गरी योजना बनाउनु भएको हो । एमाले स्थायी कमिटी सदस्यसम्म रहनुभएका प्रमुख गौतमले कार्यभार स्म्हालेपछि यसअघिका सवै प्रमुखहरुसँग छलफल गरी आवश्यक सुझाव लिइसक्नु भएको छ ।

योजनालाई अन्तिम रुप दिने क्रममा आज बिभागले एमालेका २३ वटै जनसंगठनका प्रवक्ता र प्रचार तथा प्रकाशन बिभाग प्रमुखहरुको बैठक गरी भइरहेको काम र आगामी योजनाबारे सुझाव लिएको छ । बैठकमा सवै जनसंगठनले सोसल मिडिया परिचालनदेखि अन्य कामबारे जानकारी गराएका छन ।

बैठकमा प्राप्त सुझावका आधारमा छिटै अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्ने, सवै प्रचार बिभागबीच सञ्जाल निर्माण गर्ने, त्रैमासिक रुपमा बैठक गर्ने र सामाजिक सञ्जाल÷आमसञ्चारमा प्रभावकारी कन्टेन्ट उत्पादन र बितरणको बिषयमा नियमित छलफल गर्ने निर्णय गरेको छ ।

बैठकमा प्रमुख गौतमसहित सचिव गगन बिष्ट, प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेत, एमाले प्रचार बिभागका सदस्य श्रीधर आचार्यलगायतका पत्रकार नेताहरु सहभागी हुनुभएको थियो । बैठकमा प्रेस चौतारीले सवै जनसंगठनसँग समन्वय गरी पत्रकार सम्मेलनदेखि प्रचारको सवै काममा सहकार्य गर्ने जानकारी गराएको छ ।