काठमाडौं, ६ असार । प्रचण्डसंग छुट्टीएर छुट्टै बनाएर त्यो पार्टी उपेन्द्र यादवको जनता समाजवादीमा मिसाएर उपेन्द्रबाट पनि छुट्टिए पुन पार्टी खालेका डा. बाबुराम भट्टराई यतिखेर नेकपा (माओवादी केन्द्र) मा मिसिन चाहनुहुन्छ । त्यसका लागि उहाँले आफूले लडदै आएको गोरखाको निर्वाचन क्षेत्र प्रचण्डलाई छाड्नु मात्र भएन छोरीलगायतलाई माओवादीकै चुनावचिन्ह ‘गोलाकारभित्रको हसिया हतौडा’ लिएर चुनावमा होमिनुभयो । यसरी प्रचण्डसँग चाडै पार्टी एकता गर्ने मुडमा रहनुभएका डा भट्टराई अहिले घोषण भएको समाजवादी मोर्चाको डिजाइनकर्ता पनि मानिनुहुन्छ । यति हुँदाहुँदै पनि समाजवादी मोर्चाको घोषणा हुँदा उहाँ अटाउनु भएन ।
डा.भट्टराईलाई अन्तिम समयमा आएर समाजवादी मोर्चाबाट ‘आउट’ गर्नु उपेन्द्र यादवको कारण भएको वजार हल्ला चले पनि आखिर प्रचण्डको मनभित्रको ‘डर! कारण रहेको श्रोतले बताएको छ । .प्रचण्डका ‘डर’ भनेको पहिलो कम्युनिष्ट नाम त्याग्ने भट्टाईको अडान, दोश्रो भविश्यमा पार्टीभिज्ञ टक्कर दिनसक्ने व्यक्तित्व, तेश्रो हो भट्टराईको अन्तर्राष्ट्रिय सम्वन्ध ।
पहिलो –प्रचण्डसंग अलग भएदेखि नै डा. भट्टराई कम्युनिष्ट नाम नराख्नेमा पुग्नुभएको छ । त्यसैले उहाँले यो समाजवादी मोर्चाको नाम जुराउनु भएको पनि हो । कम्युनिष्ट नाम राख्नु हुँदैन भन्ने उहाँको दृढ अडान छ । तर, प्रचण्डलाई कम्युनिष्ट नाम नराख्दा झन घाटा हुने डर छ । कम्युनिष्ट नाम नराख्दा ठूलो जनाधार गुम्ने मात्र नभई त्यो जनमत एमालेतिर लस्कने प्रचण्डको अनुमान छ । त्यसैले समाजवादको फुर्को जाडे पनि कम्युनिष्ट नाम नछाडने प्रचण्डको अडान । यही कारण पनि प्रचण्डले बाबुरामलाई समाजवादी मोर्चामा नल्याउनु भएको मानिन्छ ।
दोश्रो – अहिले पार्टीभित्र प्रचण्डको एकछत्र राज छ । उहाँलाई टक्कर दिने कोही छैन अर्थात त्यस्तो व्यक्तित्व कसैको विकास भएको छैन । यही कारण माओवादीभित्र मनभित्र असन्तुष्टिको गाँठो पारेर भए पनि प्रचण्डको नेतृत्व मान्नै पर्ने वाध्यता छ । पार्टीमा दुई लाइनको संघर्ष छदैं छैन । प्रचण्डसँग असहमति राख्नु भएको अहिलेको अवस्थामा सबै अवसरबाट वञ्चित हुनु हो । बाबुराम भट्टराई पार्टीमा आए उहाँले टक्कर दिन सक्नुहुन्छ । अहिले भित्रभित्रै असन्तुष्टि पालेर बसेकाहरूले गुनासो पोख्ने ठाउँ पाउँछन् र विस्तारै भट्टराईले पार्टीमा कब्जा जमाउन सक्नुहुन्छ भन्ने अर्को डर ।
तेश्रो – पार्टीभित्र माथि उल्लेखित कारणले आफू विस्तारै अल्पमतमा पर्ने र बाहिर अर्थात अन्तर्राष्ट्रिय सम्वन्धमा पनि प्रचण्डभन्दा बाबुराम अघि हुनुहुन्छ । अन्तर्राष्ट्रिय समुदाय प्रचण्डभन्दा बाबुरामसँग डिल गर्न सजिलो मान्छन् । यसको कारण हो बौद्धिकता र योग्यता । अनि कम्युनिष्ट नाम नराख्नमा उहाँको अडान हुनुले पनि अन्तर्राष्ट्रियरूपमा उहाँको चर्चा हुने हुनाले पनि प्रचण्ड झस्किएको बताइन्छ ।













प्रतिक्रिया दिनुहोस्