काठमाडौं, असार ८ । परराष्ट्रमन्त्री एनपी साउद जेल पुगेर अभियुक्तसँग एक घण्टा कुराकानी गर्नुभएको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खाणलाई भेट्न परराष्ट्रमन्त्री साउद आज बिहान केन्द्रीय कारागार पुग्नुभएको हो ।
केन्द्रीय कारागार प्रशासनका अनुसार परराष्ट्रमन्त्री साउद बिहीबार बिहान १० बजे नेता खाणलाई भेट्न कारागार आइपुग्नु भएको थियो । मन्त्री साउदले खाणसँग लामो समय कुराकानी गर्नुभएको छ ।
खाणसँगको भेटमा समसामयिक राजनीति, नेपाली कांग्रेसभित्रको आन्तरिक राजनीतिलगायत विषयमा कुराकानी भएको थियो । भेटमा खाणलाई सभापछि शेरबहादुर देउवाले पठाएको सन्देशसमेत सुनाइएको स्रोतले बताएको छ । कांग्रेस सभापति देउवाका विश्वासपात्र खाण र साउदबीच घनिष्ट सम्बन्ध रहेको छ ।













प्रतिक्रिया दिनुहोस्