जनता टाइम्स

८ असार २०८०, शुक्रबार १९:२८

प्रवासी नेपाली मञ्चको आक्रामक योजना : प्रवासका ४० देशमा संगठन बिस्तार


अमेरिका, असार ८ । प्रबासी नेपाली मञ्चले संगठन बिस्तारलाई तीब्र गतिमा अगाडि बढाएको छ । मञ्चका उपसचिव एवं प्रचार बिभाग प्रमुख चानक पोखरेलका अनुसार मञ्चले हालसम्ममा प्रबासका ४० वटा देशमा संगठन बिस्तार गरिसकेको छ भने आगामी २०८१ बैशाखसम्ममा ६० देशमा संगठन बनाउने लक्ष्यसहित काम अघि बढाइएको छ ।

संगठन बिस्तार अभियानलाइ बिश्वभर पुर्याउनका लागि प्रबासमा विभिन्न पेशा ब्याबसायमा आवद्ध सम्पुर्ण प्रबासी नेपालीलाई मञ्चले अपिलसमेत गरेको छ ।
पोखरेलका अनुसार आगामी २५ गते प्रबासी नेपाली मञ्च मलेसियामा अधिवेशन हुँदैछ । मलेसियामा हुन गइरहेको दोस्रो अधिबेशनलाई सम्बोधन गर्नका लागि नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल जानुहुने भएको छ ।

‘जहाँ नेपाली त्यहा प्रबासी नेपाली मञ्च भन्ने मुल मन्त्रका साथ अघि बढेको मञ्चले केही बर्ष भित्रमा नै बिश्वका हरेक देश (जहाँ नेपाली कार्यरत छन) मा संगठन बनाउने छौ । त्यसैले प्रबासमा रहेका नेपालीहरुलाइ हामी माझ सम्पर्क गर्नका लागि अनुरोध गर्दछु,’ उपसचिव तथा प्रचार बिभाग प्रमुख पोखरेलले भन्नुभयो ।