काठमाडाैं, असार १२ । राष्ट्रिय युवा संघ नेपालमा अध्यक्ष क्षितिजे थेबेले नेकपा एमालेमा नवयुवाहरुकाे आकर्षण बढेकाे बताउनुभएकाे छ । काठमाडाैं उपत्यका स्तरिय भ्याली फुटसल च्याम्पियनसिप प्रतियाेगिताबारे जानकारी दिन काठमाडाैंमा आयाेजित पत्रकार सम्मेलनमा बाेल्दै अध्यक्ष थेबेले एमालेमा नवयुवाहरुकाे आकर्षण बढेकाे बताउनुभयाे ।
एमालेमा युवाहरुकाे आकर्षण कम भएकाे भनेर स्याल हुँइया मच्याइएकाे भन्दै उहाँले याे गलत भएकाे बताउनुभयाे । युवा संघ र एमालेमा नवयुवाहरुकाे आकर्षण बढ्नु तथा घेराबन्दीबीच पनि स्ववियु चुनावमा अनेरास्ववियु पहिलाे हुनुले त्याे भ्रमकाे जवाफ दिएकाे अध्यक्ष थेबेले बताउनुभयाे ।
युवा संघले चलाइरहेकाे देशव्यापी अभियानका क्रममा नवयुवाहरुकाे आकर्षण एमालेमा देखिएकाे र हालै युथफाेर्सले काठमाडाैंमा नवयुवासँग गरेकाे साक्षात्कारमा ५ सय बढी नवयुवा प्रवेश गर्नुले पनि यसकाे पुष्टि गर्ने उहाँकाे भनाइ थियाे । नवयुवाले आशा गरेकाे पार्टी एमाले भएकाे, राष्ट्रियताकाे सवालमा एमाले अडिग रहेकाे र केपी ओलीकाे ३ वर्षे कार्यकालमा विकसित देशमा प्रवेश गराउने पार्टी पनि एमाले हाे भन्ने कुरा ती नवयुवाले कार्यक्रममै भनेका अध्यक्ष थेबेले बताउनुभयाे ।
राष्ट्रियताकाे रक्षाका लागि, राजनीतिक स्थायित्व कायम गर्नका लागि र देशकाे विकासका लागि काम गर्ने पार्टी एमाले मात्रै रहेकाे उहाँले बताउनुभयाे । राष्ट्रियताकाे सवालमा एमाले मात्रै स्पष्ट दृष्टिकाेण लिएर अगाडि बढेकाे छ भन्ने कुरा युवाहरु बुझिसकेका अध्यक्ष थेवेले बताउनुभयाे ।
स्वतन्त्रका नाममा गठन भइरहेका दल या अरुमा नभएर युवाहरु राष्ट्रियता, स्थिरता, विकास र समृद्ध नेपाली सुखी नेपालीकाे पक्षमा रहेकाे उहाँले बताउनुभयाे । त्याे भनेकाे युवाहरु एमालेकाे पक्षमा छन् भन्ने प्रष्ट हुने अध्यक्ष थेबेले बताउनुभयाे । ‘पछिल्लाे समयमा नेकपा एमालेमा युवाहरुकाे यति धेरै चार्मिङ छ, एमाले युवाहरुमा पुग्न सकेकाे छैन भन्ने हाम्राे ठम्याइ छ, टाेलटाेलमा वडामा युवाहरुलाई समेटेर ४ महिने अभियानमा ४ लाख सदस्यता जसरी पनि दिलाउँछाैं, अब एमालेलाई कसैले छेक्न सक्दैन, युवाहरु भनेकाे एमालेमा छ, त्न्यसकाे नेता संगठन युवा संघमा छ,’ उहाँले भन्नुभयाे ।
आगामी चुनावमा बहुमत ल्याउन एमालेलाई कसैले राेक्न नसक्नेगरी युवा संघले अभियान चलाइरहेकाे अध्यक्ष थेबेले ताउनुभयाे ।













प्रतिक्रिया दिनुहोस्