विराटनगर, असार १४ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मिलेर सरकार बनाउन सबै दललाई आग्रह गर्नुभएको छ । प्रदेशसभाको तेश्रो अधिवेशनको पहिलो बैठकमा विश्वासको आफूलाई मत माग्दै मुख्यमन्त्री कार्कीले सर्वदलीय सरकार गठनको आह्वान गर्नुभएको हो ।
कार्कीले संविधानको धारा ११८ को उपधारा २ बमोजिम विश्वासको मत सम्बन्धी प्रस्ताव पेश गर्नुभएको थियो । उहाँले सरकार परिवर्तन गर्ने खेलले प्रदेशप्रति जनतामा वितृष्णा र अविश्वास पैदा हुनेतर्फ सचेत हुनु पर्ने बताउनु भयो। प्रदेशको विकासका लागि सबै एक भएर अघि बढ्नु पर्ने उहाँको भनाइ छ।
कार्कीले कोशी प्रदेशमा सर्वदलीय र सरकारको विकल्प नभएको बताउनु भयो । प्रदेशमा संसदको अंकगणितका कारण सर्वदलीय सरकारको विकल्प नरहने उहाँको भनाई छ । प्रदेश सरकारमा रहेको माओवादी र जसपा सरकारबाट बाहिरिएपछि मुख्यमन्त्री कार्कीले विश्वासको मत लिनु पर्ने अवस्था आएको हो।
प्रदेशको राजनीतिक स्थायित्व कायमलाई प्राथमिकता दिनुपर्नेमा उहाँको जोड छ। कोशीमा निर्णायक मानिएको जसपाले कतै मतदान नगरी टतटस्थ बस्ने निर्णय गरिसकेको छ ।












प्रतिक्रिया दिनुहोस्