काठमाडौं, असार २० । नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले राष्ट्रपति रामचन्द्र पौडेलको सहयोगार्थ १ रुपैया संकलन अभियान सुरु गरेको छ ।
राष्ट्रपति पौडेललाई उपचारका लागि दिल्ली लैजाँदा भएको एयर एम्बुलेन्स र फर्किँदाको नेपाल वायु सेवा निगमको भाडासहित ५५ लाख रूपैयाँ भुक्तानीका लागि अर्थ मन्त्रालयलाई परराष्ट्रले पत्राचार गरेपछि अनेरास्ववियुले सहयोग संकलन अभियान सुरु गरेको हो ।
अनेरास्वबियुका प्रवक्ता प्रकाश पौडेलका अनुसार यो अभियान देशभरि नै सुरुआत भएको छ ।
राष्ट्रपति पौडेलाई २०८० वैशाख ६ गते श्री एयरलाइन्सको चार्टर एयर एम्बुलेन्सबाट भारत लगिएको थियो । भारतबाट वैशाख १७ मा फर्किदा राष्ट्रपतिसहितको टोली नेपाल वायु सेवा निगमको नियमित उडानबाट आएको थियो ।
चार्टर विमान र नियमित उडानका भाडाबापत ५५ लाख २ हजार २७९ रुपैयाँ भुक्तानीका लागि परराष्ट्रले सोमबार अर्थलाई पत्राचार गरेको छ । भारतमा उपचारका क्रममा लागेको खर्च भने सरकारबाट नलिने चाहना राष्ट्रपतिले व्यक्त गरेर देशलाई ढाँटेपनि परराष्ट्रको पत्रले उहाँको बदमाी उजागर गरेको हो ।













प्रतिक्रिया दिनुहोस्