जनता टाइम्स

२० असार २०८०, बुधबार ११:०९

एमाले प्रचार बिभाग प्रमुखको निश्कर्ष : प्रितम सिंहबारे प्रधानमन्त्रीको अभिब्यक्ति मालिकप्रतिको भक्ति र आत्मसमर्पणवादको भद्वा नमुना


काठमाडौं, असार २० । नेकपा एमालेका केन्द्रीय प्रचार तथा प्रकाशन बिभाग प्रमुख राजेन्द्र गौतमले प्रितम सिंहप्रति प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भनाईलाई लिएर कडा आपत्ति जनाउनु भएको छ ।

प्रधानमन्त्री बनाउन धेरै पटक दिल्ली जानुभयो भन्ने दाहालको अभिब्यक्तिप्रति गौतमले आपत्ति जनाउनु भएको हो । उहाँले सामाजिक सञ्जाल ट्वीटरमा लेख्नुभएको छ, ‘मालिकप्रति स्पष्ट भक्ति, प्रधानमन्त्रीको लाचारी, आत्मसमर्पणवादको भद्वा नमुना । यो सरकारको चावी कहाँ रहेछ । सार्वभौम जनताको मतको खिल्ली उठाइयो । संविधान र, संसदको माखोल उठाइयो । धन्य !’

गौतमले थप लेख्नुभएको छ, ‘सरकार र पार्टी मध्ये,पार्टी रोज्नु पर्दछ । पार्टी र देश मध्ये, देश रोज्नु पर्दछ । पार्टी जोगिए सरकार बनाउन सकिन्छ, देश जोगिए, पार्टी बनाऊन सकिन्छ ।’