काठमाडौं, असार २० । नेकपा एमाले र राप्रपाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामा माग्दै संस्द बैठक अवरोध गरेको छ । प्रचानमन्त्री दाहालकोको अभिव्यक्तिले देशको शिर निहुरिएको भन्दै राजीनामा मागेको हो ।
बैठक सुरु हुनसाथ एमाले सांस्द रघुजी पन्तले असार १८ गतेको कार्यक्रममा आफूलाई प्रधानमन्त्री बनाउन सरदार प्रितम सिंह पटक पटक दिल्ली धाएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदैनेपालीको स्वाभिमानमा ठेस लागेको बताउनु भयो ।
‘नेपालको प्रधानमन्त्री बन्नको लागि नेपाली जनतातर्फ फर्किने कि दिल्लीतिर जाने हो ? नेपालको प्रधानमन्त्री बन्न दिल्लीतिर जानुपर्ने ? प्रधानमन्त्रीको अभिव्यक्तिले देशको स्वाभिमान गुम्यो,’ पन्तको प्रश्न थियो । उहाँले प्रधानमन्त्रीको अभिव्यक्तिबारे सदनमा स्पष्ट जवाफ नआएसम्म सदन चल्न नसक्ने बताउनु भयो ।
पन्त बोलेलगत्तै राप्रपाका सांसदहरु रोष्टम घेर्न पुगेका थिए भने एमाले सांसदहरु आफ्नो आसनबाट उठेर बिरोध जनाएका थिए । यसअघि एमालेले राष्टिङय सभामा पनि प्रधानमन्त्रीको राजीनामा माग्दै बैठक अवरुद्ध गरेको थियो ।













प्रतिक्रिया दिनुहोस्