जनता टाइम्स

१७ भाद्र २०७६, मंगलवार ०८:१७

एनआरएनए डेनमार्कको अध्यक्षमा खड्का विजयी


कोपनहेगन, भदौ १७

गैर आवासीय नेपाली संघ (एनआरएनए) डेनमार्कको अध्यक्षमा रवीन्द्र खड्का विजयी हुनु भएको छ । शनिवार भएको मतदानमा ५२४ मत प्राप्त गर्दै विजयी हुनु भएको हो ।

उहाका निकटतम प्रतिद्वन्द्वी डोलराज पौडेललाई ११९ मतले पछि पारेर विजयी हुनुभयो । कुल १ हजार ६२ मतदाता रहेकोमा ९५४ मत मात्रै खसेको थियो । अन्तर्राष्ट्रिय समन्वय परिषद् सदस्य पदका लागि भएको मतदानमा रमेश काफ्लेले विजयी हुनु भयो । यस्तै महासचिव शैलेन्द्र अधिकारी, महिला संयोजकमा शोभा न्यौपाने विजयी हुनु भयो ।

यसअघि नै महिला उपाध्यक्षमा अन्जु पराजुली, सचिवमा महेश सिंह खत्री, कोषाध्यक्ष रविन काजी श्रेष्ठ र युवा संयोजकमा शशि श्रेष्ठ निर्विरोध निर्वाचित बन्नु भएको थियो । यस्तै दुई महिला सदस्यहरु शकुन्तला सुनाम र पुष्प खड्का बुढाथोकी पनि निर्विरोध बन्नुभयो । कार्यसमिति सदस्यहरुमा प्रकाश श्रेष्ठ, दीप शर्मा, लक्ष्मण कंडेल, नारायण बस्याल र सुनील आचार्य विजयी हुनुभयो । नयाँ नेतृत्वको कार्यकाल २ वर्ष अर्थात् सन् २०२१ सम्म हुनेछ ।