काठमाडौं, असार २० । प्रतिनिधिसभा बैठक शुक्रबारसम्मका लागि स्थगित भएको छ। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसद अवरुद्ध गरेपछि सभामुख देवराज घिमिरेले अर्को बैठक शुक्रबार दिउँसो ३ बजेसम्मका लागि बोलाएको संघीय संसदका महासचिव भरतराज गौतमले जानकारी दिनुभयो।
नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै संसद अवरुद्ध गरेको हो। एमालेले प्रधानमन्त्रीको राजीनामा माग गरेको छ। संसद बैठकमा एमाले नेता रघुजी पन्तले नैतिकताका आधारमा प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने बताउनु भयो । उहाँले प्रधानमन्त्रीको अभिव्यक्तिले आम नेपालीमा आघात पुगेको भन्दै राजीनामा दिन आग्रह गर्नुभयो ।
प्रधानमन्त्री दाहालले गत सोमबार आफूलाई प्रधानमन्त्री बनाउन व्यवसायी प्रितम सिंह दिल्ली धाएको’ अभिव्यक्ति दिनुभएको थियो । उक्त अभिव्यक्तिबारे प्रधानमन्त्रीले जवाफ दिनुपर्ने भन्दै एमालेले बुधबार दुवै सदन अवरुद्ध गरेको थियो। राष्ट्रिय सभा बैठक बस्न नसकेपछि अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बिहीबार १ बजेसम्का लागि बैठक स्थगित गर्नुभएको छ ।













प्रतिक्रिया दिनुहोस्