बिराटनगर, असार २१ । कोशी प्रदेशका प्रमुख पर्शुराम खापुङले सभामुखसमेत दलकै सदस्य हुने निर्णयसहित मुख्यमन्त्रीमा कांग्रेस नेता उद्धव थापालाई नियुक्त गर्नुभएको छ ।
नेकपा एमाले र राप्रपाले ध्यानाकर्षण पत्र बुझाए पनि त्यसलाई अस्वीकार गर्दै खापुङले केहीबेर अघि थापालाई मुख्यमन्त्री नियुक्त गर्नुभएको हो । प्रदेश प्रमुख खापुङले नेपालको संबिधानको धारा १६८ को उपधारा २ मोजिम थापालाई मुख्यमन्त्री पदमा नियुक्त गर्नुभएको जनाइएको छ ।
कोशी प्रदेशमा कुल ९७ जना सदस्यमध्ये सभामुखसहित सत्ता गठबन्धनको ४७ मत रहेको भन्दै प्रदेश प्रमुखले संबिधान कुल्चिएर मुख्यमन्त्री नियुक्त गर्नुभएको छ ।













प्रतिक्रिया दिनुहोस्