काठमाडौं, २१ असार । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सर्वोत्कृष्टसहित विभिन्न ग्रेडमा उत्तीर्ण हुने विद्यार्थीहरुलाई बधाईसँगै सुझाव दिनुभएको छ ।
राष्ट्रिय परीक्षा बोर्डले नतिजा सार्वजनिक गरेपछि उहाँले विद्यार्थीहरुलाई अबको पढाइमा विषय छनौट गर्दा अहिले प्राप्त गरेको अङ्कको आधारमा भन्दा पनि आफ्नो आन्तरिक रुचिको आधारमा पढ्न सुझाव दिनुभएको हो ।
उहाँले भन्नुभयो, ‘शिक्षामा आफूले छनौट गरेको विषयमा निरन्तर सफलता प्राप्त होओस् । जीवनका सम्पूर्ण परीक्षा सफल होउन्, उत्तरोत्तर प्रगतिको कामना ।’













प्रतिक्रिया दिनुहोस्