जनता टाइम्स

२१ असार २०८०, बिहीबार २१:४३

प्रधानमन्त्री र सत्ता गठबन्धनबारे बालेन शाहको निश्कर्ष : भारतीय गुलामहरुले देश चलाउदैछ


काठमाडौं, असार २१ । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह (बालेन्द्र) ले सत्तारुढ गठबन्धनमाथि कडा आक्रोश पोख्नुभएको छ । भारतीय गुलामहरुले अहिले देश चलाइरहेको छ भन्दै शाहले आक्रोश पोख्नभएको हो ।

आज सामाजिक सञ्जालमा आफ्नो धारणा राख्दै मेयर बालेनले भन्नुभएको छ, ‘दिल्लीको आदेश मान्ने सांसदको बहुमत रहेछ सरकारमा । भारतीय गुलामहरुले देश चलाउदैछ र म मात्र बिरोधमा ?’

यस्तो छ बालेनको निश्कर्ष

हामीलाई प्रचण्डज्यूभन्दा प्रचण्डज्यूलाई प्रधानमन्त्री बनाउने सांसदहरुमाथि शंका लाग्यो । दिल्लीको आदेश मान्ने सांसदको बहुमत रहेछ सरकारमा ।
भारतीय गुलामहरुले देश चलाउदैछ र म मात्र बिरोधमा ? र, म मात्र अदालतको अवहेलनामा ? सबैजना मरेका लाशहरु हुन् ?