जनता टाइम्स

२३ असार २०८०, शनिबार १२:४६

सामाजिक अराजकताले बलियो राष्ट्र निर्माणमा समस्या पैदा गरिरहेको छ : शंकर पोखरेल


काठमाडौं, असार २३ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपाली राजनीतिमा अन्योलताको स्थिति उत्पन्न भएको बताउनुभएको छ ।

नेकपा एमाले रामेछाप–काठमाडौं सम्पर्क मञ्चले शनिबार काठमाडौंंमा आयोजना गरेको युवा र स्वरोजगार तथा नेपालको परिस्थितिमा युवा नेतृत्व विकास अभिमुखीकरण कार्यक्रममा बोल्दै महासचिव पोखरेलले नेपाली समाज तीन प्रकारका चुनौतीका बिचमा रहको बताउनुभयो । देश राजनीतिक अस्थिरता र सामाजिक अराजकताको दुष्चक्रमा फसेको महासचिव पोखरेलले बताउनुभयो ।

राजनीतिक स्थायित्वको लागि दर्बिलो नेतृत्व आवश्यक पर्नेमा त्यो हुन नसकेको उहाँले बताउनुभयो । उहाँले परिवर्तनको व्यग्र चाहनाले नेपाली समाजमा बढेका व्यापक असन्तुष्टिले सामाजिक अराजकता सिर्जना गरेको बताउनुभयो । ‘यसले बलियो राष्ट्र निर्माणमा बाधा पु¥याइरहेको छ, सामाजिक अराजकताले बलियो राष्ट्र निर्माणमा समस्या पैदा गरिरहेको छ’, उहाँले भन्नुभयो ।

विश्वमा औपनिवेशिकताको रजगज भएको बेला समेत स्वतन्त्र रहेको नेपाल अहिले निक्कै संकटमा रहेको पोखरेलले बताउनुभयो । नेपाली समाजमा मौलिक संस्कार र संस्कृति माथि गम्भीर प्रहार भइरहेको उहाँले बताउनुभयो । यसलाई रोक्न सकिएन भने राष्ट्र कमजोर हुने पोखरेलले प्रष्ट पार्नुभयो ।

यति बेलाको नेपालको आर्थिक अवस्था अत्यन्त नाजुक अवस्थामा पुगेको उहाँले बताउनुभयो । एमाले सरकारबाट हटेपछि नेपाल गम्भीर आर्थिक संकटमा पुगेको पोखरेलको भनाइ छ । गठबन्धनले नेपालको विकास र समृद्धिलाई आत्मसाथ गर्न नसकेको उहाँले बताउनुभयो । ‘जन निर्वाचित सरकालाई जब अनुचित हिसाबले हटाइन्छ तब देशमा राजनीतिक अस्थिरता उत्पन्न हुन्छ र देश गम्भीर संकटमा पर्दछ’, उहाँले भन्नुभयो ।

अहिलेको सरकारले राष्ट्रको समृद्धिको लागि होइन व्यक्तिगत स्वार्थ र सत्ता जोगाउनको लागि मात्र काम गरिहरेको उहाँले बताउनुभयो । सरकार देश र जनताको हितको पक्षमा नरहेको उहाँको भनाइ छ । अहिले सरकारले पुँजीगत खर्च नै गर्न नसकेको उहाँले बत्ताउनुभयो । ’पुँजीगत खर्च गर्न नसक्ने नालायक सरकारले देश चलाउन सक्दैन’, पोखरेलले भन्नुभयो ।

नेपाली समाजको विकासको नेतृत्व नेकपा एमालेले गरिरहेको उहाँले बताउनुभयो । नेकपा एमालेले देश र जनताको लागि काम गरिरहेको कारण चौतर्फी आक्रमणको प्रयास भएको उहाँले बताउनुभयो । ‘जनतासँग डराएकाहरू एमाले विरुद्ध एक भएका छन,’ महासचिव पोखरेलले भन्नुभयो ।

नेकपा एमाले आज पनि जताको बिचमा लोकप्रिय रहेको उहाँले दाबी गर्नुभयो । नेकपा एमाले अहिले पनि देशको पहिलो राजनीतिक दल भएको उहाँले प्रष्ट पार्नुभयो । अब नेपालमा धेरै राजनीतिक दल होइन बलिया राजनीतिक दलको खाँचो रहको सच्चाइलाई बुझ्नु पर्ने उहाँले बताउनुभयो । जति धेरै राजनीतिक दलहरू, त्यति धेरै राजनीतिक विचलन, त्यस कारण धेरै राजनीतिक दलहरू होइन, बलिया राजनीतिक दल तर्फ समाजलाई डो¥याउन आवश्यक छ ।

कार्यक्रममा नेकपा एमाले केन्द्रीय सदस्य कैलाशप्रसाद ढुङ्गेल, माधव ढुङ्गेल, गीता कार्की लगायतको आतिथ्य रहेको छ । रामेछाप जिल्ला घर भई काठमाडौं बस्ने ६४ वटै वडाका दुई जनाका दरले युवाहरूको कार्यक्रममा सहभागिता रहेको छ । कार्यक्रम सम्पर्क मञ्चका अध्यक्ष राकेश श्रेष्ठको अध्यक्षतामा भइरहेका छ ।