काठमाडौं, असार २३ । प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको ‘समाजवादी मोर्चा’ मा महिलालाई निषेधकै नीति अख्तियार गरेको तथ्य उजागर भएको छ ।
आज बसेको समाजवादी मोर्चाको बैठकले कार्यदल गठन गर्दा पनि महिलालाई बहिष्कार गरेपछि यो तथ्य उजागर भएको हो । बैठकले प्रचण्डसहित माधवकुमार नेपाल, उपेन्द्र यादव र नेत्रबिक्रम चन्द बिप्लवको मानका खातिर आलोपालो अध्यक्षता गर्ने निर्णय भने गरेको छ । आलोकनगरस्थित नेकपा एकीकृत समाजवादीको पार्टी कार्यालयमा बसेको बैठकले ६–६ महिना आलोपालो नेतृत्व गर्ने निर्णय गरेको हो ।
बैठकले माधव कुमार नेपालको नेतृत्वमा कार्यदलसमेत गठन भएको छ । कार्यदलमा माओवादीबाट देव गुरुङ, एकीकृत समाजवादीबाट प्रमेश हमाल, जनता समाजवादीबाट राजेन्द्र श्रेष्ठ र जेकपाबाट खड्गबहादुर विश्वकर्मा सदस्य हुनुहुन्छ । चार दलबाट सहभागी हुँदासमेत महिलालाई प्रतिनिधित्व गराइएको छैन ।
कार्यदलले बैठकको मोडालिटी र मोर्चाको आगामी नीति तथा आचारसंहिताको टुंगो लगाउने म्याण्डेट पाएको छ । बैठकले सातवटै प्रदेशमा कार्यक्रम गर्ने निर्णय गरेको छ ।













प्रतिक्रिया दिनुहोस्