जनता टाइम्स

२४ असार २०८०, आईतवार १४:२७

प्रधानमन्त्री ज्यू, तपाईं राजीनामा दिनुस् : अध्यक्ष ओली


काठमाडौं, २४ असार । एमाले अध्यक्ष ओलीले तीन दलका शीर्ष नेताको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजीनामा माग्नुभएको छ । सदनको अवरोध हटाउनका लागि आज प्रधानमन्त्री ‘प्रचण्ड’ ले बोलाएको तीन दलका शीर्ष नेताको बैठकको सुरुमै एमाले अध्यक्ष ओलीले राजीनामा माग्नुभएको हो । प्रधानमन्त्रीले गत सोमबार सरदार प्रितम आफूलाई प्रधानमन्त्री बनाउन पटक–पटक दिल्ली धाएको अभिव्यक्ति दिएपछि एमालेले राजीनामा मागेको थियो ।

उक्त अभिव्यक्तिका कारण नेकपा एमालेले संसद अवारोध गर्दै आएको छ । उक्त अवरोध हटाउनका लागि सिंहदरबारमा तीन नेता सहमतिका लागि छलफलमा जुट्नुभएको थियो । बैठकको सुरूमै अध्यक्ष ओलीले प्रधानमन्त्रीलाई राष्ट्रहित विपरित अभिव्यक्ति दिएकाले राजीनामा दिन सुझाव दिनुभएको एमालेका प्रमुख सचेतक पदम गिरीले बताउनुभयो ।

ओलीको भनाई उदृत गर्दै गिरीले भन्नुभयो,‘तपाईंको अभिव्यक्ति जनता र मुलुकको हितमा छैनन् । यो गैरजिम्मेवारपूर्ण अभिव्यक्ति हो । त्यसैले तपाईंले राजीनामा दिनुपर्छ । दिनुस् ।’ ओलीले राजीनामा मागेपछि प्रधानमन्त्रीले आज सदनमा आत्मालोचना गर्ने सहमति भएको छ । उहाँले थप्नुभयो ‘उहाँहरूले आफ्नो तर्फबाट आत्मालोचना गर्छौं । आफ्नो धारणा राख्छौं । चित्त बुझ्यो भने अघि बढ्छौं । बुझेन भने हाम्रो अडान कायमै छ ।’