जनता टाइम्स

२५ असार २०८०, सोमबार १०:१७

केपी ओली पुशपति जाने कार्यक्रम नै थिएन, कसरी फैलाइयो अफवाह ?


काठमाडौ, असार २५ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पशुपतिनाथमा पूजा गर्न जाने कार्यक्रम नै नरहेको सचिवालयले जनाएको छ ।

अध्यक्ष ओलीका प्रेस संयोजक रामशरण बजगाईँले अध्यक्ष ओली पशुपतिनाथमा जाने कुनै कार्यक्रम नरहेको तर आफै जाने भनेर समाचार लेख्ने र स्थगित भन्ने काम मिडियाबाट भएको बताउनु भयो ।

‘आइतबारदेखि मैले अध्यक्षको पशुपतिनाथ जाने कुनै कार्यक्रम छैन भनेर भनिरहेको छु, सबैले जाने हो भनेर एकपक्षीय रूपमा लेखिरहेका छन्,’ बजगाईँले भन्नुभयो, ‘आफै जाने भनेर लेख्छन्, आफै जाने कार्यक्रम स्थगित भनेर लेखेको देखियो, जबकि तत्काल कुनै कार्यक्रम नै तय भएको थिएन र होइन ।’

कतिपय मिडियाले जलहरी प्रकरणमा क्षमा पुजा गर्नका लागि अध्यक्ष ओली पशुपतिनाथमा जान लागेको भनेर लेखेको भन्दै ओलीको सचिवालयले खण्डन गरेको छ ।