काठमाडौं, असार २५ । प्रधानमन्त्री पुष्पकमल दाहालले गत साता एक पुस्तक विमोचन कार्यक्रममा दिएको अभिव्यक्तिप्रति गल्ती महसुस गर्दै त्यो आफ्नो भावनात्मक अभिव्यक्ति भएको स्पष्टीकरण दिनुभएको छ ।
प्रतिनिधिसभाको सोमबारको बैठकमा आफ्नो विवादास्पद अभिव्यक्तिबारे स्पष्टीकरण दिँदै प्रधानमन्त्री दाहालले यस्तो बताउनु भएको हो । ‘म थोरै भावनामा आएँ । मनमा आयो भनेँ । त्यसैले त प्रचण्ड हो, त के गर्नुहुन्छ ? तर प्रधानमन्त्रीको रूपमा मैले त्यो भाषा बोल्नुहुन्नथ्यो । त्यो दिन म ज्ञानुको बुवा भएर बोलेको थिएँ,’ दाहालले भन्नुभयो । उहाँले आफ्नो भावनात्मक शैली रहेको र यो आफ्नो कमजोरी रहेको महसुस आफूले गरेको बताउनु भयो ।
दाहालले गत साता सरदार प्रितम सिंहको पुस्तक विमोचन कार्यक्रममा आफूलाई प्रधानमन्त्री बनाउन सिंह दिल्लीसमेत पुगेको धारणा राख्नुभएको थियो । उक्त धारणाप्रति आपत्ति जनाउँदै प्रतिपक्षी दलहरूले संसद् अवरोध गर्नुभएको थियो । अवरोध संसद् खुलाउने क्रममा प्रधानमन्त्रीले सम्बोधन गरेका हुन । उहाँले आफ्नो एउटै भावनात्मक अभिव्यक्तिका कारण आफ्नो अहिले सम्मको योगदान कुनै काम नलाग्ने नभएको हो भन्दै प्रश्न पनि गर्नुभयो ।













प्रतिक्रिया दिनुहोस्