जनता टाइम्स

२६ असार २०८०, मंगलवार ११:२६

सोलुखुम्बुबाट काठमाडौं उडेको मनाङ एयरको हेलिकप्टर सम्पर्कविहीन


काठमाडौं, असार २६ सोलुखुम्बुबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकप्टर सम्पर्कविहीन भएको छ। 

त्रिभुवन विमास्थलका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार बिहान १० बजे लुक्लाबाट उडेको हेलिकप्टर सवा १० बजे सम्पर्कविहीनभएको हो। 

पौने ११ बजे काठमाडौं पुग्नुपर्ने हेलिकप्टर अहिलेसम्म सम्पर्कमा छैन,’ सिटौलाले भन्नुभयो

हेलिकप्टरमा पाँच जना विदेशी नागरिक छन भने पाइलट  नेपाली हुन