जनता टाइम्स

२६ असार २०८०, मंगलवार १९:२४

लक्ष्मी बस्नेतलाई सचिवमा बढुवा गर्ने मन्त्रिपरिषदको निर्णय


काठमाडौं, असार २६ । सरकारले वरियताको आधारमा लक्ष्मीकुमारी बस्नेतलाई सचिव पदमा बढुवा गर्ने निर्णय गरेको छ।

आज बसेको मन्त्रिपरिषदको बैठकले बस्नेतलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको हो । मन्त्रिपरिषदले वरियताका आधारमा बस्नेतलाई नेपाल सरकारको सचिव पदमा बढुवा गर्ने निर्णय गरेको प्रवक्ता रेखा शर्माले जानकारी दिनुभयो ।