काठमाडौं, २८ असार । नक्कली भुटानी शरणार्थी प्रकरणमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले ५९ वर्षीय केशव तुलाधरलाई पक्राउ गरेको छ ।
उहाँलाई बुधबार कार्यालयको टोलीले काठमाडौंको सानो भर्याङबाट पक्राउ गरेको हो । उहाँअसनका निवासी हुनुहुन्छ । उहाँमाथि ठगी तथा संगठित अपराध समेतको कसुरमा अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको अपराध अनुसन्धान कार्यालयका प्रवक्ता रवीन्द्र रेग्मीले जानकारी दिनुभयो ।
नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने ठगी प्रकरणमा कांग्रेस नेता बालकृष्ण खाँण, एमाले नेता टोपबहादुर रायमाझीलगायतका नेताहरु हाल पुर्पक्षका लागि थुनामा हुनुहुन्छ । प्रहरीका अनुसार तुलाधरले विभिन्न प्रलोभनमा पारी जाहेरवाला गजेन्द्र बुढाथोकीलगायतका व्यक्तिलाई ठगी गर्नुभएको थियो ।













प्रतिक्रिया दिनुहोस्