जनता टाइम्स

२९ असार २०८०, शुक्रबार ०८:५८

आज भानुजयन्ती


काठमाडौँ, २९ असार । आज २१० औँ भानुभयन्ती । आज देशका शैक्षिक तथा प्राज्ञिक क्षेत्रमा विविध कार्यक्रम गरी भानुजयन्ती मनाइँदै छ ।

नेपाली साहित्य जगत्मा प्राथमिक कालका कवि मानिँदै आउनु भएका आदिकवि भानुभक्त आचार्यको जन्म विसं १८७१ असार २९ गते चुँदीबेँसी रम्घा तनहुँमा भएको थियो । नेपाली भाषालाई मौलिकता प्रदान गर्नुभएका आदिकविका साहित्य नेपाली समाजमा आजपर्यन्त उत्तिकै लोकप्रिय छन् ।

विशेष गरी उहाँले नेपाली संस्कृत भाषामा लेखिएको रामायणलाई नेपाली भाषा र लोकशैलीमा उल्था गरेर समाजका जनजिब्रोमा पु(याउन सक्नुभएको छ । यसबाहेक उहाँद्वारा रचिएका भक्तमाला ९१९१००, वधु शिक्षा ९१९१९०, प्रश्नोत्तरमाला ९१९१०० र रामगीता ९१९२५० को महìव आज पनि उत्तिकै छ । आदिकवि आचार्यले पूर्वीय दर्शन, धर्म संस्कृतिमा आधारित कविताले समाजमा नैतिक सन्देश प्रवाह गर्न निकै ठुलो भूमिका निर्वाह गरेको छ । नेपाली साहित्य जगत्का चम्किला तारा मानिनुहुने भानुभक्तको मृत्यु विसं १९५५ मा तनहुँको रम्घामै भएको थियो ।