जनता टाइम्स

२९ असार २०८०, शुक्रबार १५:१७

समाज साँस्कृतिक अधोपतनतिर जान लाग्यो : अध्यक्ष ओली


काठमाडौँ, २९ असार । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली समाज सामाजिक मूल्यबाट विचलित हुँदै साँस्कृतिक अधोपतनतिर जानलागेको बताउनु भएको छ ।

शुक्रबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले नेपाली समाज परपीडक, असत्यमा आधारित र दुष्टपूर्ण हुन गएको बताउनु भयो।

अध्यक्ष ओलीले समाज सांस्कृतिक अधोपतन नहोस् वा ओरालो नलागोस् भनेर सबै शतर्क हुनुपर्ने अवस्था आएको बताउनु भयो। उहाँले अहिले समाज भगवानसँग पनि डराउन छोडेको र अराजकता, जथाभाबी बोल्नेहरुसँग रमाउन थालेको बताउनुभयो।

अध्यक्ष ओलीले आदिकवि भानुभक्त आचार्यको योगदान कुनैपनि कुराले कमजोर हुन नसक्ने बताउनु भयो । उहाँले समाजमा अहिले भक्ति रस र नैतिकता हराउँदै गएको बताउनु भयो ।

अध्यक्ष ओलीले नेपाली समाजको सांस्कृतिक अधोपतन हुन नदिन सबै एक भएर लाग्नुपर्ने बताउनु भयो।