जनता टाइम्स

२९ असार २०८०, शुक्रबार १५:५३

मिटरब्याज सम्वन्धि विधेयक नल्याए रास्वपाले अर्को बैठक चल्न नदिने


काठमाडौं, २९ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले मिटरब्याज सम्वन्धि विधेयक तत्काल संसदमा नल्याए आको बैठक चल्न नदिने वताउनुभएको छ । उहाँले आफूहरु मिटरब्याजपीडितको पक्षमा रहेको बताउनुभएको छ ।

शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा रास्वपाका सभापति तथा संसदीय दलको नेता रवि लामिछानेले आफूहरु मिटरब्याजपीडितलाई तत्काल न्याय दिनुपर्ने पक्षमा रहेको बताउनुभयो ।

उहाँले पीडितलाई न्याय दिनका लागि ल्याउनुपर्ने विधेयक संसदमा किन नल्याएको भन्दै प्रश्न गर्नुभयो । कसको कारण र किन उक्त विधेयक नल्याएको भन्दै प्रश्न गर्नुभएका उहाँले तत्काल उक्त विधेयक संसदमा ल्याएर पीडितलाई न्याय दिनुपर्ने माग गर्नुभयो ।