जनता टाइम्स

२९ असार २०८०, शुक्रबार १६:५८

लम्की स्किनबारे जवाफ दिन सरकारलाई सभामुखको रुलिङ


काठमाडौं, २९ असार । सभामुख देवराज घिमिरेले पशुचौपायमा महामारीको रुपमा देखिएको लम्की स्किन रोगको नियन्त्रणसहितका विषयमा सदनलाई जानकारी गराउन सरकारको नाममा रुलिङ जारी गर्नुभएको छ ।

प्रतिनिधिसभा बैठकमा सांसदहरुले लगातार लम्की स्किनबारे सरकारको ध्यानाकर्षण गराउँदै सदनलाई जानकारी गराउन माग गर्दै आउनुभएको थियो ।

शुक्रबार पनि लम्की स्किनबारे सांसदहरुले कुरा उठाएपछि सभामुख घिमिरेले लम्की स्किन रोगको नियन्त्रणको तयारीसहितका विषयमा सदनलाई जानकारी गराउन सम्बन्धित् मन्त्रीलाई रुलिङ गर्नुभएको हो ।