जनता टाइम्स

२९ असार २०८०, शुक्रबार १९:३०

एमाले नेताहरु सवार गाडी पल्टिँदा पाँचजना घाइते


सप्तरी, २९ असार । सप्तरीमा नेकपा एमालेका नेताहरु सवार गाडी दुर्घटनामा परेको छ । गाडी पल्टेपछि पाँचजना नेता घाइते हुनुभएको छ । प्रहरीका अनुसार एमाले जिल्ला कमिटी सदस्यहरू किरण पन्थ, हरिहर बस्नेत, भुवन केसी, सुनिता कटुवाल र बच्चुलाल चौधरी कार दुर्घटनामा घाइते हुनुभएको छ । उहाँहरुलाई उपचारका लागि राजविराज लगिएको छ ।

एमाले जिल्ला कमिटीको बैठकका लागि उनीहरु राजविराजतर्फ गइरहेको बेला नम्वर नखुलेको कार दुर्घटनामा परेको बताइएको छ । दुर्घटनाको कारण खुल्न सकेको छैन ।