धनगढी, असार ३० । नेकपा एमालेका केन्द्रीय प्रचार तथा प्रकाशन बिभाग प्रमुख राजेन्द्र गौतमले भ्रष्टाचारीहरुले नेकपा एमालेमाथि औला ठड्याउने धृष्टता नगर्न चेतावनी दिनुभएको छ ।
एमाले कुनै पनि भ्रष्टाचारमा संलगन नभएको र सवै भ्रष्टाचारलाई बिषयमा छानविन गर्न तयार रहेको भन्दै गौतमले भ्रष्टाचारीहरु नै एमालेमाथि औंला ठड्याउने काम भइरहेको बताउनु भयो । एमालेको कुनैपनि जिम्मेवारीमा रहन पनि उहाँले प्रष्ट पार्नुभयो ।
‘भ्रष्टाचारीहरु नै एमालेमाथि औैला ठड्याउने काम गरिरहेका छन, ललिता निवासको जग्गा उत्खनन गर्ने काम एमाले नेतृत्वको सरकारले गरेको हो, हिजो ललिता निवासको छानविनमा अवरोध गर्नेहरु नै आज हामीमाथि प्रश्न उठाउने काम गरिरहेका छन, भ्रष्टाचारीलाई संरक्षण गर्ने सरकार नै एमालेमाथि दोष देखाउने काम गरिरहेको छ,’ नेकपा एमाले सुदूरप्रश्चिम प्रदेश स्तरीय प्रचार योजना तर्जुमा विस्तारित बैठकलाई संम्बोधन गर्दै एमाले स्थायी कमिटी सदस्यसमेत रहनुभएका गौतमले भन्नुभयो ।
उहाँले नेकपा एमाले भ्रष्टाचार निर्मुल पार्न हिँडेको पार्टी भएको कामबाटै प्रमाणित भइसकेको बताउनु भयो । उहाँले एमाले नेतृत्वमाथि हिलो छ्याप्दै पशुपतिको जलहरी काण्ड उछालेको तर सत्तापक्ष नै माफी माग्न बाध्य हुनुपरेको घटाना स्मरण गर्नुभयो । जलहरीमा कुनै खोट नभेटेपछि उनीहरूको अनुहार चाउरिएको र तथ्यसामू झुटो टिक्न नसकेको उहाँको भनाई थियो ।
‘भ्रष्टाचारमा मुछिएका र पञ्चायतका प्रेतहरु एमालेलाई आक्षेप लगाइरहेका छन, सत्तामा बसेर भ्रष्टाचार गर्नेहरु एमालेमाथि खनिएका छन, एमालेले राष्ट्रको हितमा गरेको कामबाट अताल्लिएकाहरु पनि हिलो छ्यापी रहेका छन, म प्रष्ट भाषामा भन्न चाहन्छु, एमालेलाई जिस्क्याउने काम नहोस, गौतमले भन्नुभयो । उहाँले भ्रषटचारमा संलग्न भएकाहरु आफै कानुनी रुपमा सफाइ नपाएसम्म एमालेमा सक्रिय हुन नसक्ने पनि प्रष्ट पार्नुभयो ।
भ्रष्टाचारमा सुन्य शहनसिलता एमालेकै एजेण्डा रहेको बताउँदै नेता गौतमले भुुटानी शरणार्थी प्रकरणमा एमालेले सहयोग गरेको बताउनु भयो । नेता गौतमले अहिले देशमा समाजवादी मोर्चाको नाममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्ता जोगाउने अश्त्र बनाएको पनि बताउनु भयो । बैठकमा नेकपा एमाले केन्द्रीय कमिटीबाट खटाइएका सुदुरपश्चिममा प्रचार संयोजक कमला बोहरा र केन्द्रीय प्रचार बिभाग सचिव गगन बिष्टले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।
बिभाग प्रमुख राजेन्द्र गौतमदेखि पोलिटब्यूरो सदस्य राजेन्द्र रावल, केन्द्रीय सदस्यभैरब सिंह, सन्तोष शर्मा, केन्द्रीय सल्लाहकार डिल्लीराज भट्ट, अनुशासन आयोग सदस्य पबित्रा तिमिल्सिना, प्रदेश अध्यक्ष दामोदर भण्डारी र प्रेस चौतारी नेपालका केन्द्रीय अध्यक्ष गणेश बस्नेतले आजको चुनौतीको सामना र तथ्यको आधारमा सत्य स्थापित गर्न अवलम्बन गर्नुपर्ने शैलीबारे सुझाव राख्नुभयो । बैठकले सुदुरपश्चिम प्रदेशको प्रचार बिभागलाई पूर्णता दिएको छ ।
प्रेस चौतारी नेपालका केन्द्रीय सचिव तथा सुदुरपश्चिम इञ्चाजै लोग्शरी कुँवरले सञ्चालन गर्नुभएको कार्यक्रममा ९ वटै जिल्लाका नेकपा एमालेका प्रचार बिभाग प्रमुख र प्रेस चौतारीका सुदुरपश्चिम अध्यक्ष कृष्ण वलीले प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने एमाले प्रदेश सचिव धर्मराज पाठकले स्वागत गर्नुभएको थियो ।
















प्रतिक्रिया दिनुहोस्