जनता टाइम्स

३१ असार २०८०, आईतवार १५:०५

राष्ट्रिय सभा अनिश्चितकालका लागि स्थगित


काठमाडौं, ३१ असार । सोमबारका लागि बोलाइएको राष्ट्रिय सभा बैठक अनिश्चितकालका लागि स्थगित गरिएको छ । सोमबार दिउँसो १ बजेर १ मिनेटमा बस्नेगरी बोलाइएको राष्ट्रिय सभा बैठक विशेष कारणवस बस्ने नसक्ने भन्दै अनिश्चितकालका लागि स्थगित गरिएको हो ।

बैठक बस्नेबारे अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको संघीय संसदका महासचिव डा भरतराज गौतमले जारी गरेको सूचनामा उल्लेख छ ।