जनता टाइम्स

३१ असार २०८०, आईतवार १५:४२

एमालेको संसदीय विभाग को-को थपिए ?


काठमाडौं, ३१ असार । नेकपा एमालेको सचिवालय बैठकले संसदीय विभागमा १५ जना सदस्य थप गरेको छ ।

नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले दिएको जानकारी अनुसार हिजोको केन्द्रीय सचिवालय बैठकले ति सदस्यहरु थप गरेको हो ।

नेम्वाङका अनुसार एमाले संसदीय दलका प्रमुख सचेतक पदम गीरी,सचेतक महेश बर्तौला,राष्ट्रिय सभाका प्रमुख सचेतक भैरवसुन्दर श्रेष्ठलाई विभागमा मनोनयन गरेको हो । यसैगरी बिमला पौड्याल राई,ज्वाला साह,विद्या भट्टराई,भगवती चौधरी,सुनिता बराल,तारा लामा,लिला श्रेष्ठ लगायतलाई विभागमा मनोनयन गरिएको छ ।

एमालेमा संसदस्य विभागको प्रमुख पृथ्वी सुब्बा गुरुङ हुनुहुन्छ ।