बुटवल, साउन १ । लुम्बिनी प्रदेशका पूर्वभूमि व्यवस्था, कृषि तथा सहकारी विजयबहादुर यादव बैंकिङ कसुरमा प्रहरीले पक्राउ गरेको छ ।
माघ १० मा रुपन्देहीको सियारी गाउँपालिका १ का उमाशंकर यादवका नाममा दिएको १२ लाख २८ हजार रुपैयाँको बैंक अफ काठमाडौंको चेक बाउन्स भएपछि एमाले नेतासमेत रहनुभएका यादवमाथि मुद्दा दर्ता भएको थियो ।
मुद्दा दर्तापछि यादवविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो । रुपन्देहीका प्रहरी प्रवक्ता एवं डीएसपी श्यामू अर्यालका अनुसार बाँकेको डुडुवा गाउँपालिका होलियाबाट प्रहरीले आइतबार नियन्त्रणमा लिएको हो । पक्राउ परेका यादवलाई रुपन्देही ल्याइएको छ ।
२०७४ सालमा लुम्बिनी प्रदेशसभामा बाँकेको प्रदेशसभा निर्वाचन क्षेत्र २ ‘१’बाट जसपाबाट निर्वाचित यादव लुम्बिनी प्रदेश सरकारका पूर्वभूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री हुनुहुन्थ्यो । पार्टीको निर्देशनविपरीत सरकारमा सहभागी भएको भन्दै जसपाले उहाँलाई कारबाही गरेको थियो ।
जसपाले कारबाही गरेपछि भने उहाँ गत चुनावअघि एमालेमा प्रवेश गर्नुभएको थियो । गत प्रदेशसभा चुनावमा उहाँ आफ्नै क्षेत्रमा जसपाका भण्डारीलाल यादवसँग पराजित हुनुभएको थियो ।













प्रतिक्रिया दिनुहोस्